स्वास्थ्य

थप ६३९ जनामा संक्रमण पुष्टि, ३ को मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ९ हजार ७५६ नमुना परीक्षण गरिएको थियो।

६ हजार ७८२ जनानाको पीसीआर परीक्षण गर्दा ५४८ र दुई हजार ९७४ जनाको एन्टीजेन परीक्षण गर्दा १८५ गरी ६३९ जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्‍यु भएको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ फाल्गुन २०७८ ११:०५ बुधबार