स्वास्थ्य

थप ३,१७५ जनामा कोरोना पुष्टि, १४ को मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ३ हजार १७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्‍यु भएको छ। भने हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित छन् भने ८ हजार ७२३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० माघ २०७८ ११:४७ बिहीबार