स्वास्थ्य

थप ५,२९२ मा कोरोना संक्रमण, ८ जनाको मृत्‍यु

पछिल्लो २४ घण्टामा थप ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ११० हजार ३६८ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ४७२ जना र ५ हजार ७२० जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ८२० जना गरी कुल ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल देशभरमा ७९ हजार २७२ सक्रिय संक्रमित छन् भने नेपालमा कोरोना संक्रमितको कूल संख्या १० लाख ८२ हजार ६६८ पुगेको छ। पछिल्लो २४ घण्टामा ८ हजार १९१ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ। यस्तै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ७४३ पुगेको छ।

मन्त्रालयका अनुसार हाल देशभरमा ७७ हजार ६६५ जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ६०७ जना संस्थागत आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये २८८ जना आईसीयू र ५० जना भेन्टिलेटरमा उपचाररत् छन्।

प्रकाशित: १७ माघ २०७८ १२:१५ सोमबार