स्वास्थ्य

१२ देखि १७ वर्षसम्मका विद्यार्थीलाई खोपको पहिलो डोज

मोडर्न इण्डियन स्कुल,चोभारले आज आफ्ना विद्यार्थीहरूलाई खोपको पहिलो डोज दिएको छ। विद्यालय परिसरभित्र १२ देखि १७ वर्षसम्मका विद्यार्थीहरूलाई फाईजर भ्याक्सिन दिइएको हो।  

कार्यक्रम कीर्तिपुर नगरपालिका, काठमाडौंको सहकार्यमा भएको थियो। पहिलो चरणको डोज कार्यक्रम अन्तर्गत ४०० भन्दा बढी विद्यार्थीलाई खोप लगाइएको थियो। फाइजर भ्याक्सिनको दोस्रो डोज २८ दिनपछि तोकिएको आदिनाथ स्वास्थ्य चौकी कीर्तिपुरका स्वास्थ्य सहायक पवित्र बिकले जानकारी दिईन्। 'यस खोप पहलको लागि हामी साँच्चै आभारी छौं र मोडर्न इण्डियनः स्कुलको व्यवस्थापनलाई धन्यवाद दिन चाहन्छौं', अभिभावक श्री सिद्ध भण्डारीले भने।

'विद्यार्थीको स्वास्थ्य सधैं हाम्रो विद्यालयको प्रमुख्य प्राथमिकतामा रहेको छ र सहयोगको लागि कीर्तिपुर नगरपालिकालाई धन्यवाद' ,मोडर्न इण्डियनःस्कुलका प्रधानाध्यापक राजु पिटरले भने।

प्रकाशित: ४ माघ २०७८ ०७:१२ मंगलबार