स्वास्थ्य

आठ जिल्लामा अझ पनि सय जना बढी संक्रमित, काठमाडौँमा मात्र ६२४

देशका आठ जिल्लामा अझ पनि सयजना बढी कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङ, सुनसरी, काठमाडौँ, चितवन, भक्तपुर, ललितपुर, कास्की र बागलुङमा एक सयजना बढी सक्रिय संक्रमितको संख्या रहेका छन्।

मन्त्रालयका अनुसार मोरङमा १३१, सुनसरीमा १०२, काठमाडौँमा ६२४, चितवनमा २६३, भक्तपुरमा १७०, ललितपुरमा १६५, कास्कीमा २१० र बागलुङमा १२८ जना सक्रिय संक्रमित रहेका छन्।

प्रकाशित: २५ श्रावण २०७८ १२:२६ सोमबार

सक्रिय संक्रमित