स्वास्थ्य

पिसिआर परीक्षण शुल्क घट्यो

लुम्बिनी प्रादेशिक अस्पतालले कोभिड–१९ परीक्षणका लागि लाग्ने शुल्क घटाएको छ। लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भोजप्रसाद श्रेष्ठको निर्देशनपछि अस्पतालले पिसिआर परीक्षण शुल्क घटाएको हो।  

सरकारले एक हजार रुपैयाँ शुल्कमा पिसिआर परीक्षण गर्ने भने पनि अस्पतालले दुई हजार रुपैयाँ शुल्क लिँदै आएको थियो। आजदेखि एक हजार रुपैयाँमा पिसिआर परीक्षण सुरु गरिएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए।

प्रकाशित: ३१ वैशाख २०७८ १०:१० शुक्रबार

लुम्बिनी प्रादेशिक अस्पताल पिसिआर परीक्षण शुल्क