स्वास्थ्य

वीपी प्रतिष्ठानमा विराटनगरका संक्रमितको मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा उपचारको क्रममा गए राती एक जना कोरोना संक्रमितको निधन भएको छ। प्रतिष्ठानका अनुसार विराटनगर १५ का ५६ बर्षीय संक्रमित पुरुषको राती साढे ९ बजे निधन भएको हो। 

प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलका अनुसार मृतक नोबेल अस्पतालबाट रिफर भएर बैशाख ९ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। उनलाई बैशाख ७ गते संक्रमण पुष्टि भएपछि नोबेल अस्पताल विराटनगरले प्रतिष्ठानमा रिफर गरेको थियाे।

हिजो नै बिहान करिब ७ बजे धनुषाको जनकपुर ८ का ४८ बर्षीय पुरुषको पनि कोभिड अस्पतालमा निधन भएको थियो भने दिउँसो १ बजर ५५ मिनेटमा मोरङका ७५ बर्षीय पुरुषको निधन भएको थियो।

प्रकाशित: १४ वैशाख २०७८ ०५:१८ मंगलबार

कोरोना संक्रमितको मृत्यु