स्वास्थ्य

जेन जी आन्दोलनका घाइते ५१ जनाको ट्रमा सेन्टरमा उपचार हुँदै

जेन जी आन्दोलनका क्रममा घाइते भएका ५१ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।  

उपचाररत घाइतेमध्ये ८ जनाको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ ।  

प्रदर्शनका क्रममा घाइते भएकाहरूलाई उपचारका लागि ल्याइएकोमा ३१ जनाको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।

प्रकाशित: २५ भाद्र २०८२ १४:३० बुधबार