स्वास्थ्य

पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना

केहीदिन अघि कोरोना संक्रमण देखिएका पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती र उनकी छोरी प्रेरणा अस्पताल भर्ना भएका छन्।  

कोभिड–संक्रमण भइ निर्मल निवासस्थित आइसोलेशनमा रहेका उनीहरु स्वास्थ्यमा समस्या देखिएपछि यहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएको अस्पतालले जनाएको छ।  

यद्यपी उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य नै रहेको अस्पताल प्रशासनले जनाएको छ। 

भारतको हरिद्वार भ्रमणबाट फर्किएपछि कोरोना परीक्षण गर्दा उनीहरुमा बैशाख ७ गते  कोरोना संक्रमण पुष्टि भएको थियो। 

प्रकाशित: ११ वैशाख २०७८ ०८:०१ शनिबार