लण्डन – लामो समयसम्म सुत्ने बच्चाको दिमागमा असर पर्ने एउटा अनुसन्धानले देखाएको छ। सुत्ने बानी र दिमागको सम्वन्धको बारेमा गरिएको एक सर्वेक्षणले यस्तो देखाएको हो। सात वर्ष उमेर ससूहका ११ हजार भन्दा बढी बच्चाहरुलाई वेलायतमा गरिएको अध्ययन भन्छ- जुन बच्चाको रातमा सुत्नेको कुनै नियमित समय छैन र रातको नौ बजे पछि सुत्छ उ पढ्न कमजोर र अझ गणितमा कमजोर हुन्छ।
तीन वर्षसम्मका बच्चामा सुत्ने समयको निकै अनियमितता हुने पाइएको छ। पाँचमा लगभग एक बच्चाको सुत्ने समय अलग अलग थियो। जब बच्चा सात वर्षको हुन्छ त्यस मध्येका बच्चा निश्चित समयमा सुत्नेमा आधा पर्छन्। जुन समय साँझ साढे सातदेखि साढे आठसम्मको थियो। यी बच्चाहरुको सुत्ने समय निश्चीत थिएन। ती बच्चाहरुले अंक गन्ने, गणित र सामान्य ज्ञानको परिक्षामा आफ्ना बाँकी साथीको भन्दा कम अंक ल्याए।
लामो समय सुत्ने बानीले बालकको भन्दा बालिकालाई असर गर्ने देखिएको छ। 'राम्रो दिनचर्याले बच्चाको लागि खास महत्व राख्छ। बाल्यकालमा सुताइको सही समय तय गर्नु सबै भन्दा महत्वपूर्ण हुन्छ। अझै पनि केही अबेर भएको छैन,' प्रोफेसन सेकरले भनेका छन्– 'हामीले यी कारणहरुको बारेमा पनि सोच विचार गर्न जरुरी छ।'
लामो समय या अनियमित समयमा सुत्ने बच्चाहरु धेरैजसो गरीब परिवारका रहने गरेका छन्। यस्ता बच्चा रातको समयमा पढ्नुको सट्टा टेलीभिजन बढी हेर्ने गर्छन्। उनीहरुको बेडरुमा नै अक्सर टेलिभिजन हुनेगर्छ।
प्रकाशित: ४ श्रावण २०७० ००:४५ शुक्रबार