स्वास्थ्य

अदुवा हालेको चिया पिउँदा स्वास्थ्यमा हुने बेफाइदाहरु

चिसो मौसममा धेरैजसो मानिसहरु अदुवा हालेको बनाएको चिया पिउन मन पराउँछन्। त्यसैले अदुवा हालेको चिया लोकप्रिय बनेको छ। तर अत्यधिक अदुवा हालेको चिया पिउँदा स्वास्थ्यका लागि फाईदा हुन्छ वा बेफाइदा भन्ने कुरामा पनि थोरै मात्र मानिसहरु जानकार छन्।

अदुवा हालेको चिया खानाले स्वास्थ्यमा कत्तिको बेफाइदा हुन्छ यहाँ प्रस्तुत गरिएको छ:  

१.अदुवा हालेको चिया सुत्नुअघि पिउनु हुँदैन यसले निन्द्रामा समस्या पैदा गराँउछ।

२.अदुवाले पाचन प्रक्रियालाई सक्रिय बनाउँछ र खटपटाहट पैदा गराउँछ त्यसैले अदुवा हालेको चिया अत्यधिक पिउँदा पखाला लाग्ने खतरा बढी हुन्छ।

३.जो व्यक्तिमा उच्च रक्तचापको समस्या छ त्यस्ता व्यक्तिहरुले अदुवा हालेको चिया पिउनु फाइदाजनक हुन्छ। तर जो व्यक्तिको रक्तचाप सामान्य छ ती व्यक्तिका लागि अयसको सेवनले चक्कर लाग्ने र कमजोरी हुने गर्छ।

४.अत्यधिक अदुवा हालेको चिया पिउँदा कपाल झर्ने समस्या पैदा हुन्छ। अदुवामा हुने जिन्जरोल नामक तत्वले कपाल बढ्न रोक्ने गर्छ।

५. अदुवा हालेको चियाको जिन्जरोलले पेटमा धेरै एसिड पैदा गर्छ र जलन उत्पन्न हुन्छ।

प्रकाशित: ९ पुस २०७७ ०२:१३ बिहीबार