स्वास्थ्य

वीर अस्पातलका १६ जना चिकित्सकले दिए सामूहिक राजीनामा

काठमाडौंको वीर अस्पतालको इमर्जेन्सी विभागका १६ जना चिकित्सकले सामूहिक राजीनामा दिएका छन्। आफ्ना मागहरुको सुनुवाइ नभएको भन्दै अस्पतालका १६ जना चिकित्सकले बुधबार सामूहिक राजीनामा दिएको बताइएको छ।

उनीहरुले अस्पतालका निर्देशकलाई बुझाएको राजीनामा पत्रमा भनेका छन्, 'महामारीमा काम गर्दा हाम्रा माग हजुरहरु सामु पेस गरिरहँदा पनि बेवास्ता गरेको, आवश्यक सुरक्षा सामग्री उपलब्ध नगराएको, ज्यालादारी भनेर अपमानित गर्दै दसैँतिहार भत्ता समेत नदिएकाले हाम्रो मनोवल गिरेको जानकारी गराउन चाहान्छौँ।’

यस्तै, कोरोनाको महामारीमा समेत कुनै पनि सुरुक्षा नअपनाएर काममा खटिनु परेको पनि उनीहरुले पत्रमा उल्लेख गरेका छन्। 

प्रकाशित: २० कार्तिक २०७७ १०:१४ बिहीबार

वीर अस्पातल सामूहिक राजीनामा इमर्जेन्सी विभाग