स्वास्थ्य

आँखा शिविरबाट २४२ जना लाभान्वित

फाइल तस्बिर

सिन्जा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा नेपाल नेत्रज्योति सङ्घको समन्वय र हिमालयन आँखा अस्पतालको प्राविधिक सहयोगमा यहाँ सञ्चालन भएको निःशुल्क आँखा शिविरमा २४२ जना लाभान्वित भएका छन्।  

बिहीबार सम्पन्न दुईदिने निःशुल्क शिविरमा ४८ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको सिन्जा गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख ललित रोकायाले जानकारी दिए। शिविरमा १२६ महिला र ११६ जना पुरुषले सेवा लिएका थिए। बिरामीको आवतजावतदेखि आवाससम्मको खर्च गाउँपालिकाले व्यवस्थापन गरेको हो।

नागरिकको इच्छाअनुसार स्थानीय सरकारले स्वास्थ्य सेवालाई गाउँकेन्द्रित गरेको सिन्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

यसैबीच, चालु आर्थिक वर्षको प्रथम तीन महिनामा जिल्लाका एक हजार ४७० जनाको नेत्र परीक्षण गरिएको यहाँस्थित  नेत्रज्योति सङ्घले जनाएको छ। गत आवमा पाँच हजार ७०० जनाले सेवा लिएका थिए।

प्रकाशित: २१ कार्तिक २०८२ १३:४९ शुक्रबार