स्वास्थ्य

वायु प्रदूषण र मुटु

वातावरण कम प्रदूषित होस् वा बढी दुवैले कुनै न कुनै रूपमा मुटु बिगार्ने एक अनुसन्धानले पत्ता लगाएको छ। लन्डनको ‘क्विन म्यारी कलेज’ले चार हजार जनामा गरिएको अध्ययनबाट यस्तो पत्ता लागेको हो।

‘हामी के दाबी गर्न सक्छौं भने प्रदूषणले मुटुको संरचनामा धेरथोर परिवर्तन गरेको छ । कम प्रदूषणले पनि असर पारेको छ,’ अनुसन्धानकर्ता ने अङले भने । उनले सहभागीहरूको तथ्यांक विश्लेषण गरी जर्नलनमा प्रकाशित गरेका थिए।

अध्ययनले के देखाउँछ भने विश्वव्यापी रूपमा मुटु बिग्रिने र बन्द हुने प्रमुख कारण प्रदूषण हो । विश्वभर १० जनामा ६ जनाको मृत्युको कारण प्रदूषण  भएको अनुसन्धानले देखाएको छ ।

अध्ययनका सहभागीहरूले आफ्नो जीवनशैली, स्वास्थ्य अभिलेख र आफू बस्ने ठाउँको स्थिति सहितको जानकारी दिएका थिए । उनीहरूको एमआरआई गरी मुटुको आकार, तौल र कार्यको मापन गरिएको थियो।

परीक्षणबाट के प्रष्ट भयो भने जो व्यस्त तथा होहल्ला हुने सडकको नजिक तथा गाडीबाट निस्कने धूवाँ र २.४ पिएम साना धूलोका कणयुक्त वातावरणमा बस्छन् तिनको मुटुका दायाँ–बायाँ दुवै धमनीका आकार ठूला भएका थिए । यो समूह हेर्दा भने स्वस्थ नै देखिन्थे, उनीहरूमा रोगका कुनै  लक्षण थिएनन् । तर उनीहरूको मुटु बिग्रिन सुरु भइसकेको अनुसन्धानले देखाएको छ।

बढी प्रदूषित वातावरणमा बस्नेहरूमा भने पहिलो समूहको भन्दा पनि बढी मुटुमा परिवर्तन भेटिएको थियो । अनुसन्धानकर्ताले भनेका छन्– प्रत्येक व्यक्तिमा थप एक मिली/क्युबिक मिटर धूलोका कण र १० एमसिजी/नाइट्रोजन थियो र उनीहरूको मुटु  एक  प्रतिशत ठूलो थियो।

उक्त अध्ययनले के देखाउँछ भने विश्वव्यापी रूपमा मुटु बिग्रिने र बन्द हुने प्रमुख कारण प्रदूषण हो। विश्वभर १० जनामा ६ जनाको मृत्युको कारण प्रदूषण  भएको अनुसन्धानले देखाएको छ।

यो अनुसन्धानले किन र कसरी वायु प्रदूषणले मुटुमा असर गर्छ भन्ने व्याख्या गरेको छ । प्रतिवर्ष औसत (८ देखि १२ ग्राम/क्युबिक मिटर) प्रदूषण हुनुलाई बेलायतमा सामान्य मानिन्थ्यो । विश्व स्वास्थ्य संगठनले २५ एमसिजीसम्मलाई  सामान्य मान्दै आएको थियो।

‘वायु प्रदूषणमा रहेका बिरामी, चिकित्सक र आम मानिस सबै सचेत हुन जरुरी छ स्वस्थ मुटु स्वास्थ्यको बारेमा सोच्नु पर्छ । जसरी उनीहरू आफ्नो रक्तचाप, कोलेस्ट्रोल र तौलका बारेमा सोच्छन्,’ अङले भने।

(साभार : दि हिन्दुस्तान टाइम्स)

प्रकाशित: २६ श्रावण २०७५ ०५:२३ शनिबार

#वातावरण #मुटु #प्रदूषण