स्वास्थ्य

लहान नगरपालिका पूर्ण खोप सुनिश्चित नगर

लहान नगरपालिकाले पूर्ण खोप सुनिश्चित नगर घोषणा भएको छ । नगरको २४ वटै वडामा  ूखोज र खोपू अभियान  सञ्चालन गरेर नगरपालिकालाई पूर्ण  खोप सुनिश्चित  गराइएको नगर प्रमुख महेश प्रसाद चौधरीले बताए ।

गत फागुन महिनादेखि यो अभियान  सुरू गरिएको थियो । यस अभियानअन्तर्गत ३५ सय ३९ बालबालिकालाई १३ प्रकारको खोप लगाएको स्वास्थ्य शाखाका प्रमुख विन्देश्वर चौधरीले जानकारी दिए ।  

उनका अनुसार १६ देखि ५९ महिना सम्मका बालबालिकालाई खोप लगाएको छ । विसिजि, डिपिटि, पोलियो, हेवि, एमआर, जेईलगायतका खोप लगाएको उनले बताए ।

हाल नगरपालिकामा २४ वटा वडाको १६ वटा स्वास्थ्य केन्द्रबाट खोप सेवा दिइएको थियो ।  स्वास्थ्य केन्द्रमा आउन नसकेका बालबालिकाहरूलाइ खोजेर खोप लगाइएको थियो नगर प्रमुख चौधरीले भने,'खोपको सुनिस्चितता भएपछि  भविष्यमा लाग्न सक्ने रोगबाट बालबालिकालाई  जोगाउन मद्दत पुग्ने पुग्नेछ ।' 

प्रकाशित: १९ असार २०८२ १५:४१ बिहीबार

#NagarikNews #NepaliNews