स्वास्थ्य

निर्णय खारेजको माग गर्दै आवासीय चिकित्सकहरु सडकमा

स्नातकोत्तर तह अध्ययनरत आवासीय चिकित्सकहरू आन्दोलित बनेका छन्।

स्वास्थ्य मन्त्री प्रदीप पौडेल र शिक्षामन्त्री विद्या भट्टराईबीच निर्वाह भत्ताका विषयमा भएको तीन बुँदे निर्णय खारेजीको माग गर्दै उनीहरु सडकमा उत्रिएका हुन् । मंगलबारदेखि आन्दोलन सुरु गरेका उनीहरुले बुधबार भने माइतीघर मण्डलामा धर्ना दिए ।  

दुई मन्त्रीबीचको निर्णयले आफूहरू चरम श्रम शोषणमा पर्ने उनीहरुको दाबी  छ ।

प्रकाशित: १६ माघ २०८१ १४:१४ बुधबार

#आवासीय चिकित्सक #resident doctor