स्वास्थ्य

स्वास्थ्य सेवा नपाउँदा बर्सेनि ६६ हजारको मृत्यु

नेपालमा गुणस्तरीय स्वास्थ्य सेवाको कमीको कारण प्रति वर्ष ६६ हजार जनाको मृत्यु हुने गरेको छ। बिहीवार ‘स्वास्थ्य सेवामा विश्वव्यापी पहुँच दिवस’ को अवसरमा नेपाल हेल्थ इकोनोमिक एशौसिसनका अच्युतराज पाण्डेले यस्तो बताएका हुन्।

उनले कार्यक्रममा प्रस्तुति दिंदै यस्तो जानकारी दिएका हुन्। स्वास्थ्य सेवामा पहुँचको कमाले भन्दा स्वास्थ्य सेवामा पुगेरै गुणस्तरीय सेवाको कमीले मृत्यु हुने गरेको अध्ययनबाट देखिएको हो। तथ्यांकअनुसार स्वास्थ्य सेवामा पहुँच नपाएर १९ हजार जनाको मृत्यु हुने गरेकाे छ।

प्रकाशित: २७ मंसिर २०८१ १०:५९ बिहीबार

# Quality healthcare in Nepal # Universal Access to Healthcare Day