स्वास्थ्य

चिकित्सकमाथि दुर्व्यवहार सैह्य हुन्न: मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले चिकित्सकहरूमाथि हुने कुनैपनि प्रकारको दुर्व्यवहार  सैह्य नहुने चेतावनी दिएका छन्।

द सोसाइटी अफ सर्जनस नेपाल र साउथ एसियन सर्जिकल केयर सोसाइटीको सहकार्यमा पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन।

मुख्यमन्त्री पाण्डेले पोखराको मणिपाल अस्पतालमा गत वर्ष मात्रै चिकित्सकहरूमाथि  दुर्व्यवहारका घटना भएको दृष्टान्त पेस गर्दै आइन्दा त्यस्तो घटना हुन नदिने आश्वासन समेत दिए।उनले चिकित्सकहरूलाई निर्भीकतापूर्वक काम गर्न पनि आग्रह गरे। चिकित्सकहरूमाथि कुनैपनि समस्या परेमा गण्डकी प्रदेश सरकार साथमा रहने मुख्यमन्त्री पाण्डेको भनाई थियो।

मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेश सरकारले स्वास्थ्य उपचारमा आम नागरिकको पहुँच पुर्‍याउनका लागि सक्दो पहल गरिरहेको पनि बताए। 

प्रकाशित: ८ मंसिर २०८१ १३:५६ शनिबार

#Chief Minister Surendra Raj Pandey