स्वास्थ्य

शैलजा आचार्य हृदय रोग केन्द्र चाँडै सञ्चालन गरिने’

कोशी प्रदेशका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भुपेन्द्र राईले शैलजा आचार्य हृदय रोग उपचार केन्द्र चाँडै सञ्चालन गरिने बताएका छन। उपचार केन्द्र सञ्चालनका लागि गङ्गालाल हृदय रोग अस्पतालबीच सम्झौता गर्ने निर्णय भएको उनले जानकारी दिए।  

बिहीबार स्वास्थ्य मन्त्रालयको समेत जिम्मेवारी पाएका  मन्त्री राईले उक्त मन्त्रालयको पदभार ग्रहण गर्दै भने, “सङ्घीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग पनि यस विषयमा कुरा भइसकेको छ । चाँडै गङ्गालाल अस्पतालसँग सम्झौता गर्ने निर्णय भएको छ।”

यस्तै कोशी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रयोगविहीन रहेका झोलुङ्गे पुललाई स्थानान्तरण गर्ने समेत निर्णय गरेको छ। “सडक भएकै स्थान वरपर रहेका झोलुङ्गे पुल स्थानीय तहको समन्वय र मागको आधारमा स्थानान्तरण गर्ने निर्णय भएको छ”,मन्त्री राईले भने।

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतका योजनाका विषयमा योजनास्थलमै सरोकारवालासँग छलफल गर्ने निर्णय भएको छ। “क्रोनिक योजना निर्माणमा भइरहेको ढिलाइबारे योजनास्थलमै सवै पक्षसँग छलफल गर्ने निर्णय भएको छ”,उनले भने ।  

प्रकाशित: ९ कार्तिक २०८१ १५:१२ शुक्रबार

#Shailaja Acharya Heart Disease Centre