स्वास्थ्य

किष्टमा थप दुई जनामा कलेजो प्रत्यारोपण

किष्ट शिक्षण अस्पतालमा थप दुईजना बिरामीमा कलेजो प्रत्यारोपण भएको छ।

कलेजो क्यान्सर भई सिरोसिस भएका दुई बिरामीको प्रत्यारोपण गरेको अस्पतालले जनाएको छ। 

प्रत्यारोपण पश्चात सुक्ष्म निगरानीमा राखी आईसीयूमा उपचार भइरहको अस्पतालले जनाएको छ। योसँगै किष्टले ७ जनामा कलेजो प्रत्यारोपण गरिसकेको छ।

अस्पतालसँग सम्पर्क आएको दिनदेखि १० दिनभित्रै कानुनी र चिकित्सकीय प्रक्रिया पूरा गरी कलेज र मृर्गौला प्रत्यारोपण गर्न सकिने अस्पतालले जनाएको छ।

प्रकाशित: १६ असार २०८१ १६:५८ आइतबार

#kist_hospital #Liver transplant