स्वास्थ्य

किष्ट अस्पतालमा कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण

ललितपुरस्थित किष्ट शिक्षण अस्पतालले  एकै पटकमा  कलेजो र मिर्गौलाको प्रत्यारोपण शल्यक्रिया गरेको छ।

अस्पतालले सोमबार चितवन भरतपुरकी ३४ वर्षीया महिलाको कलेजो र मिर्गौलाको प्रत्यारोपण गरेको अस्पतालका प्रा.डा. सुरज बज्राचार्यले जानकारी दिए।

उनलाई ३४ वर्षीय श्रीमानले कलेजो दान दिएका थिए भने उनकी ३२ वर्षीया भाउजूले मिर्गौला दान गरेकी थिइन्। 

शल्यक्रिया गर्न १८ घण्टाभन्दा बढी समय लागेको र शल्यक्रिया गर्न १०० जना भन्दा बढी जनशक्ति परिचालन भएको बज्राचार्यले बताएका छन्।

उनले यो नेपालको इतिहासमै पहिलो पटक गरिएको पनि जानकारी दिएका छन्।  

प्रकाशित: २३ आश्विन २०८० ०८:१७ मंगलबार

किष्ट अस्पताल कलेजो र मिर्गौलाको एकैसाथ प्रत्यारोपण