शिक्षा

रौतामाईका २९० बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री बाँडियो

उदयपुरको रौतामाई गाउँपालिका–७ मुर्कुचीका २९० जना बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ।

जाल्पा एकीकृत विकास समाज (जिड्स) र मानव अधिकार तथा वातावरण विकास केन्द्रले वल्र्ड भिजन इन्टरनेशनल नेपालको सहयोगमा आयोजित कार्यक्रममा विद्यार्थीलाई झोला, ८ वटा कापी, ६ वटा डटपेन र टी–सर्ट वितरण गरेका हुन्।

कार्यक्रममा वडाध्यक्ष मनोज राना मगरले यस्ता सहयोगले विशेषगरी विपन्न परिवारका बालबालिकाको अध्ययनमा टेवा पुग्ने बताए। वल्र्ड भिजनका जिल्ला संयोजक आनन्द खड्काले बालबालिकाको शिक्षामा गरिएको लगानीले उनीहरूको भविष्य सुनिश्चित हुने उल्लेख गरे।

 

प्रकाशित: २९ असार २०८३ २१:२४ सोमबार