उदयपुरको बिकट पहाडी लिमचुङबुङ गाउँपालिकाले ‘शिक्षामा सीप कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ । विगत २ वर्षदेखि परीक्षण गर्दै आएको सो कार्यक्रम व्यवहारिक र वस्तुबादी प्रमाणित भएसँगै गाउँपालिकाले औपचारिक पाठ्यक्रम बनाएर पठनपाठन गराउन थालेको हो ।
गाउँपालिकाले कक्षा १ देखि १२ सम्मका विद्यार्थीलाईलक्षित गर्दै सोकार्यक्रम कार्यान्वयन थालेको कार्यवाहक अध्यक्ष पुष्पलाल राईले बताए । उनका अनुसार बालबालिकालाई औपचारिक शिक्षा मात्र नभएर स्थानीय आवश्यक्ताका आधारमा वैज्ञानिक, व्यवहारिक र वस्तुगत ज्ञान सिकाएर गरिखान सक्ने नागरिक बनाउन यो कार्यक्रम कार्यान्वयनमा ल्याइएको हो ।
गाउँपालिकालेकक्षा १ देखि ८ सम्मकोस्थानीय पाठ्यक्रम ‘लिमचुङबङु सेरोफेरो’ तयार गरिसकेको छ । तर, हाललाई भने १ देखि ५ कक्षासम्म मात्र पठनपाठन गराउनेपाठ्यक्रम गाउँ कार्यपालिकाले स्वीकृत गरेको छ ।
चालु शैक्षिक वर्षदेखि नै पठनपाठन थाल्ने योजना बनाइए पनि केही ढिला हुन गएकाले आगामी शैक्षिक वर्षदेखि मात्र पठनपाठन थाल्ने गाउँ शिक्षा शाखा प्रमुख गोविन्द कार्कीले बताए । उनका अनुसार पाठ्यक्रम निर्माणका लागि क्या. पर्शुराम पद्मा राई माध्यमिक विद्यालय बलम्ताका शिक्षक विश्वराम राईको संयोजकत्वमा ५ सदस्यीय ‘स्थानीय पाठ्यक्रम निर्माण कार्यदल’ गठन गरिएको थियो ।
सो कार्यदलले स्थानीय समुदाय, शिक्षा प्रेमी, शिक्षाविद्, जनप्रतिनिधि र सर्वसाधारणसम्मसँगको व्यापक छलफल, अन्तरक्रिया र सुझाव सल्लाह लिएर पाठ्यक्रम निर्माण गरेको हो । कार्यदल संयोजक राईका अनुसार लिमचुबुको वस्तुगत अवस्था, समुदायको चाहना, भूगोल, सँस्कार, सँस्कृति, रहनसहन, वातावरण, भेषभाषालाई समेटेर पाठ्यक्रम निर्माण गरिएको छ ।
समितिले कक्षा १ देखि ३ सम्म, ४ देखि ८ र ९ देखि १२ कक्षासम्मका लागि अलग अलग कार्यभार तय गरेका छ । कक्षा २ देखि ३ सम्मलाईपाठ्यक्रममार्फत ज्ञान दिलाइने तथा कक्षा ४ देखि १२ सम्मलाई भने उनीहरुले इच्छाउको विषयमा व्यवहारिक र वस्तुगत सीप सिकाउन १ सय घण्टाको कार्यभार तय गरिएको छ । त्यसका लागि बिभिन्न ४ वटा फरक फmरक सदन पनि निर्दिष्ट गरिएको छ ।
बालबालिकालाई उनीहरुकोरुची अनुसार सदन रोज्न लगाएर सीप सिक्ने सिकाउने व्यवस्था मिलाउन यस्तो पाठ्यक्रमको व्यवस्था गरिएको राईले बताए । संयोजक राईका अनुसार पाठ्यक्रममा कृषि, उद्यम, ललितकला र स्टीम (विज्ञान, प्रविधि, वातावरण, इन्जिनियरिङ र गणित) गरि ४ विषयलाई जोड दिइएको छ । यसरी फरक फरक सदन बनाएर सीप सिकाउँदा आजका बालबालिका भविष्यमा फरक क्षमताको धनी बन्ने र जसले उनीहरुको जीवन सहज र सरल हुने अपेक्षा गरिएको छ ।
‘एउटै कक्षामा पढ्ने विद्यार्थीबालबालिका पनि फरक फरक रुची र चाहना राख्ने हुन्छन्’ संयोजक राईले भने ‘त्यसैले उनीहरुको रुची अनुसार ४ सदन बनाइएको हो । यसमा उनीहरुको छनौट अनुसार बेग्लाबेग्लै समूहमा राखेर पठनपाठन गराउँदा भविष्यमा कामकाजी नागरिक निर्माण गर्न सकिने लक्ष हाम्रो हो ।’
गाउँपालिकका प्रमुख प्रशासकीय अधिकृत सन्देश राईले नयाँ पाठ्यक्रम र शिक्षामा सीप मार्गदर्शन गाउँपालिकाका सबै विद्यालयमा एकैचोटी लागू गरिने बताए । उनका अनुसार ५ वटै वडाका ५ वटा माध्यमिकसहित ३४ वटा सबै विद्यालयमा यो पाठ्यक्रम लागू गरिनेछ । बालबालिकालाई व्यवहारिक र वस्तुगत शिक्षा दिएर भविष्यमा सक्षम, व्यवहारिक र वैज्ञानिक नागरिक निर्माण गर्ने लक्ष्यका साथ लिमचुङबुङले यस्तो पाठ्यक्रम निर्माण गरेको हाकिम राईले बताए ।
लिमचुङबुङले २ वर्षअघिदेखि सीपयुक्त शिक्षाको परिकल्पना गरेर परीक्षण थालेको थियो । जस अनुसार कतिपय विद्यालयमा सीप सिक्दै पढ्दै गर्नेविद्यार्थीहरु कला र पढाई दुवैतर्फ सफल भएको पाइएको कार्यदल सदस्य तथा मावि बुत्कुका प्रधानाध्यापक शिवराम राईले बताए । अर्को विद्यालय दीपेन्द्र आधारभूत विद्यालय हिम्माका प्रअ चन्द्रराईका अनुसार पढाईसँगै सीप सिकेका पञ्चकन्या आविका विद्यार्थीले गतवर्ष गुडिया बनाएर लुगा किन्ने पैसा कमाका थिए ।
यसरी सीप सिक्दै पढ्दै गर्ने वस्तुगत शिक्षाको परीक्षण गाउँमा सफल भएपछि यसलाई पाठ्यक्रममै ढालेर लागूगर्ने निश्कर्षमा पुगेको हाकिम राईले बताए । प्राथमिकतहमा सुरु गरिने यो कार्यक्रम माध्यमिकतहसम्म पुग्दा निश्चय नैव्यवहारिक र वस्तुबादी सावित हुने अपेक्षा गरिएको छ ।
ऋहिलेको शैक्षिक जनशक्तिमा कितावी र सतही ज्ञान मात्र भएकाले प्रमाणपत्र डिग्रीको भए पनि सीप र ज्ञान अभावमा व्यवहारिक हुन नसकेको छैन । त्यो अवस्था चिर्नपनि लिमचुङबुङको यो कदम सकारात्मक र फलदायी हुने अपेक्षा गरिएको स्थानीइहरु बताउँछन् ।
प्रकाशित: १२ आश्विन २०८३ १७:५५ सोमबार