आधार परियोजनाले सिंजा उपत्यका भित्रका तीन वटा गाउँपालिकामा १ सय २१ वटा शैक्षिक पूर्वाधार निर्माण गरेको छ।
परियोजनाले सामुदायिक विद्यालयको शैक्षिक सुधारमा जुम्लाका कनकासुन्दरी, सिंजा र हिमा गाउँपालिकामा कार्य क्षेत्र थियो। प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा पेस नेपाल जुम्लाद्वारा संचालित आधार परियोजनाले भूकम्प प्रतिरोधी विद्यालय भवन, मैत्रीपूर्ण कक्षा कोठा, शौचालय, खानेपानी धारा तथा मर्यादित महिनावारीका लागि पूर्वाधार निर्माण गरेको छ। उक्त परियोजनाले निर्माण गरेका संरचना, आएको सुधारका विषय समेटिएको प्रतिवेदनसहित परियोजना सम्बन्धित गाउँपालिका प्रमुख तथा उप-प्रमुखलाई हस्तान्तरण गरेकाे छ।
सिकाइ आदान प्रदान, सार्वजनिक सुनुवाइ तथा परियोजना हस्तान्तरण कार्यक्रममा पेस नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानले परियोजनाको प्रगति प्रस्तुत गरे। प्रस्तुत प्रतिवेदनमा आधार परियोजनाले सिंजा क्षेत्रका तीन स्थानीय तहमा सात करोड ९३ लाख ३७ हजार २ सय ३५ रुपैयाँ लगानी गरेर सामुदायिक विद्यालयका दर्जनौं पूर्वाधार निर्माण गरेको उल्लेख छ।
तीन गाउँपालिकाका ५ वटा विद्यालय भवन तथा २० वटा कक्षा कोठा, ६ मैत्रीपूर्ण शौचालय र १८ वटा शौचालय कोठा, ४२ वटा खानेपानीका धारा,२० वटा कक्षा कोठामा काठको सिलिङ, छाना मर्मत, प्लाष्टर, नाली निर्माण गरिएको छ।त्यस्तै, ६ वटा विद्यालयको ६५ मिटर पक्की घेराबार निर्माण, ५ वटा शौचालयमा महिनावारी व्यवस्थापनका लागि उपकरणसहित सुविधा, १० वटा खानेपानी स्टील ट्यांकी सहयोग लगायतका योजना र काम गरी लगभग १ सय २१ वटा पूर्वाधार निर्माण गरिएको प्रस्तुत प्रतिवेदनमा उल्लेख छ।
यस्तै निर्देशक न्यौपानेका अनुसार क्षामता विकास, स्थानीय तहको नीति निर्माण, विद्यालय सुधार योजनामा सहयोग र कर्मचारी जनप्रतिनिधिको क्षामता विकासका क्षेत्रमा पनि लगानी भएको बताए। क्षामता विकास तर्फ परियोजना मार्फत तीन गाउँपालिकाका १० वटा विद्यालयका १ सय २८ शिक्षक, ३१ सय ६८ विद्यार्थी, ५४ सय ९७ जना अभिभावक र १ सय ८० जना सामुदायिक कार्यकर्ता प्रत्यक्ष लाभान्वित भएका छन्। शैक्षिक पूर्वाधार निर्माणमा परियोजनाको बजेट अलवा तीन वटा स्थानीय तहले करिब १३ लाख रुपैयाँ लगानी गरेका छन्।
२०६३ सालमा स्थापना भएको पेस नेपालले सामाजिक रुपान्तरण, पूर्वाधार विकास, जलवायु अनुकूलन, समावेशी शिक्षा,जीविकोपार्जन तथा पोषण वृद्धि, विपद व्यवस्थापन लगायतका क्षेत्रमा विभिन्न २५ वटा दातृ संस्थासंग सहकार्य जुम्ला, मुगु,कालिकोट र सुर्खेतमा काम गर्दै आएको छ।
पेस नेपालका विभिन्न कार्यक्रम मार्फत हालसम्म जुम्लाका ७५ हजार ९ सय ४७ जना प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। विभिन्न २२ वटा साझेदार सस्था मार्फत कर्णाली, सुदूरपश्चिम र मधेशमा ६१ मिलीयन रकम लगानी छ। भने, आ.व २०८०१/८१ मा पेस नेपालले विभिन्न परियोजना संचालनमा ८ करोड ४४ लाख ६७ हजार ८ सय ३३ रुपैयाँ खर्च गरेको छ। साथै अहिलेको मुख्य चुनौतीको विषय जलवायु परिवर्तनबाट समुदायलाई अनुकूलित हुन सिकाउन पनि उल्लेखीय काम गरिरहेको छ।
बढ्दो भूकम्पीय जोखिम तथा बालमैत्री कक्षा कोठाको अभावले विद्यार्थीको आकर्षण घट्दै गएको अवस्थालाई मध्यनजर गर्दै भूकम्प प्रतिरोधी भवन निर्माण गरिएको छ। यता जुम्लाको हिमा हिमा गाउँपालिका-७ मा रहेको महादेव आधारभूत विद्यालय माथिल्लो कुडु,र वडा-३ मा रहेको भैरव आधारभूत विद्यालय जाेगिबाडा, सिंजा गाउँपालिका ६ जाेडुकाे माध्यमिक विद्यालय र कनकासुन्दरी -४ काे भैलेपाटा आधारभूत विद्यालय लेकपर र वडा-६ को गुरुचौर आधारभूत विद्यालय गरी पाँचवटा विद्यालयमा सुविधायुक्त भवन निर्माण गरिएको हो। मैत्रीपूर्ण शौचालय, हात धुने स्टेसन, शुद्ध खानेपानी सुविधा, सुधारिएको बच्चा, मोडेल कक्षाकोठा बालमैत्री, अपांगमैत्री, छात्रछात्रामैत्री, अपांगमैत्री शौचालय, बालबालिकाको पहुँचयुक्त धारा, सिकाइमैत्री कक्षा कोठासहितको सुविधा सबै विद्यालयमा छन्।
रियोजनाको प्रगतीसहित तीन गाउँपालिकालाई कर्णाली प्रदेश सभा सदस्य देवेन्द्रबहादुर शाहीले हस्तान्तरण गरेका थिए। आधार परियोजनाले सिंजा क्षेत्रका तीन गाउँपालिका उल्लेखीय रूपमा शैक्षिक पूर्वाधार गरेकामा धन्यवाद दिए। बनेका संरचनाको स्थायित्व र संरक्षणमा ध्यान समेत अनुरोध गरे।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले पेस नेपालद्वारा संचालित आधार परियोजनाले दुर्गमका विद्यालय पहिचान गरी करोडौंको पूर्वाधार बनाइदिएको र अब पालिकाले शैक्षिक क्षेत्रमा काम गर्नुपर्ने बताए। कार्यक्रममा तीनै पालिकाका अभिभावक, शिक्षक तथा विव्यस समितिका पदाधिकारीहरूले आधार परियोजना मार्फत नमुना शैक्षिक पूर्वाधार निर्माण गरेपछि पठनपाठनमा सहजता भएको बताएका छन्।
यस्तै मावि जाेडुका प्रअ सिंहबहादुर बुढाले आधार परियोजनाले विद्यार्थीकाे सिकाइमा सुधार ल्याउने काम भएको बताए। भवन, अपांगमैत्री, भूकम्प प्रतिरोधात्मक बनेकाे बताए। उनले भने, 'मेरो विद्यालयमा अझै भवन अपुग छन्।फेरि पनि सहयोगकाे अपिल गरे।'
यस्तै भैरव आधारभूत जाेगिबाडाका विद्यालय व्यवस्थापन समितिका सदस्य उम्मनाथ याेगी, भैलेपाटा आधारभूत विद्यालय लेकपरका प्रध्यानाध्यापक नन्दकुमारी बाेहाेराले परियोजनाको प्रशंसा गरेका थिए।
प्रकाशित: १६ वैशाख २०८२ ११:५९ मंगलबार