नेपाली रैथाने उत्पादन र ब्रान्डहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘ब्रान्ड नेपाल- गो लोकल २०२६’ संस्करण ललितपुरको सानेपास्थित हेरिटेज गार्डनमा आयोजना गरिएको छ।
यस बृहत् मेलामा विभिन्न नेपाली फेसन ब्रान्ड, फुटवेयर, हस्तकलाका सामग्री र कस्मेटिक्सका उत्पादनहरू प्रदर्शन तथा बिक्रीका लागि राखिएका छन्।
यसका साथै, विभिन्न खाद्य स्टल र सामाजिक उद्यमीहरूले समेत आफ्ना उत्कृष्ट उत्पादनहरूमार्फत उपभोक्ताको ध्यान तानिरहेका छन्।
नेपालमा स्थापना भएका स्थानीय स्टार्टअप, साना-मझौला उद्यमीहरू तथा स्वदेशी उत्पादनहरूलाई सीधै उपभोक्ताहरूसँग जोड्नु यस कार्यक्रमको मुख्य लक्ष्य हो।
मेलाले विशेषगरी ‘मेड इन नेपाल’ ब्रान्डलाई प्रोत्साहन गर्दै नेपाली उत्पादनप्रतिको विश्वास बढाउन र बजारीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
स्वदेशी उत्पादनको खपत बढाउने र नेपाली ब्रान्डहरूलाई स्थापित गर्ने मूल मर्मका साथ रेडियो नागरिक ९६.५ ले सन् २०१८ देखि यो मेलाको सुरुवात गरेको हो।
सुरुवातदेखि नै यस अभियानले नेपाली उद्यमीहरूलाई आफ्नो उत्पादन चिनाउने उत्कृष्ट मञ्च प्रदान गर्दै आइरहेको छ।
हेरौं तस्बिरहरू, सबै तस्बिर: द्वारिका काफ्ले/नागरिक




















प्रकाशित: १७ आश्विन २०८३ १७:१३ शनिबार



