चाडपर्वका लागि भदौ २७ गते शुक्रबारदेखि खुल्ला भएको ताप्लेजुङको फुङलिङका बजार पसल कात्तिक १४ गते शुक्रबारदेखि फेरि साप्ताहिक रुपमा एकदिन बन्द हुने भएका छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य संघका अध्यक्ष विकास गौतमले दशैं, तिहार र छठ पर्वअवधि भर खुल्ला भएको सातामा एकदिन गरिने बजार बन्द कात्तिक १४ गते शुक्रबारदेखि पुनःबन्द हुने जानकारी दिएका छन् ।
ताप्लेजुङ उद्योग वाणिज्य संघको आवह्वानमा लामो समयदेखि फुङलिङका बजार पसल हरेक हप्ताको शुक्रबार बन्द हुने गरेका थिए । वाणिज्य संघले चाडपर्वको अवसरमा भदौ २७ गते शुक्रबारदेखि लागुहुने गरी साप्ताहिक बजार बन्द खुलाएको चाडपर्व सकिएसँगै पुनःकात्तिक १४ गते शुक्रबारबाट साप्ताहिक बन्द हुने पूर्ववत निर्णयलाई कार्यान्वयनमा लगेको जनाएको छ ।
प्रकाशित: १३ कार्तिक २०८२ १५:०८ बिहीबार