कोशी प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्ष २०८३/८४ का लागि ताप्लेजुङ जिल्लाका स्थानीय तहलाई सवारी कर बाँडफाँट वापत प्राप्त हुने अनुमानित रकमको सीमा पठाएको छ।
मन्त्रालयका अनुसार जिल्लामा सबैभन्दा बढी रकम फुङलिङ नगरपालिकाले पाउने भएको छ। फुङलिङलाई १ करोड १७ लाख ६० हजार ४७५ रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
त्यसैगरी, फक्ताङलुङ गाउँपालिकाले १ करोड ११ लाख ८४ हजार १८८ रुपैयाँ पाउने अनुमान गरिएको छ। जिल्लामा सबैभन्दा कम रकम आठराई त्रिवेणी गाउँपालिकाले ५२ लाख ३९ हजार ६३४ रुपैयाँ पाउनेछ।
अन्य स्थानीय तहले पाउने अनुमानित रकम यसप्रकार छः
मैवाखोला गाउँपालिका – ५३ लाख ४६ हजार ३४४ रुपैयाँ
पाथीभरा याङवरक गाउँपालिका – ५६ लाख ८८ हजार ३८३ रुपैयाँ
सिदिङ्वा गाउँपालिका – ६१ लाख ९३ हजार ८९५ रुपैयाँ
मेरिङदेन गाउँपालिका – ६५ लाख ८ हजार ८८३ रुपैयाँ
मिक्वाखोला गाउँपालिका – ७४ लाख २७ हजार ६७५ रुपैयाँ
सिरिजङ्गा गाउँपालिका – ८४ लाख ५६ हजार ५४० रुपैयाँ
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ६(क) तथा कोशी प्रदेश वित्त व्यवस्थापन ऐन, २०७५ को दफा ३ बमोजिम राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको २०८३/१/३ को पत्रअनुसार उक्त रकमको अनुमानित सीमा पठाइएको कोशी प्रदेश सरकारले जनाएको छ।
प्रकाशित: १३ वैशाख २०८३ २२:०० आइतबार