अर्थ

आठराई त्रिबेणीले आलु प्रवर्द्धनात्मक कार्यक्रममा ७५ प्रतिशतसम्म अनुदान दिने

ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले ७५ प्रतिशतसम्म अनुदान दिएर आलु खेतिका लागि पालिकाका किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको छ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानका अनुसार चालु आर्थिक वर्ष २०८२।८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार कुल लागतको अधिकतम ७५ प्रतिशत अनुदान दिएर आलु प्रवर्द्धनात्मक कार्यक्रमका लागि प्रस्ताव आह्वान गरिएको हो।

पालिकाको वडा नं १,२,३ र ४ का किसानले अनुदानसहितको आलु प्रवर्द्धनात्मक कार्यक्रमका लागि प्रस्ताव पेश गर्न सक्नेछन्। पालिकाले सम्बन्धित कृषि सहकारी संस्था, कृषि समूह र कृषि फर्म तथा कृषि उद्यमीहरूले प्रस्ताव दर्ता गर्न सक्ने बताएको छ। त्यसका लागि पालिकाले जग्गाको क्षेत्रफल र स्वामित्व वा हकभोग खुल्ने प्रमाणपत्रको प्रतिलिपि, आव २०८१।८२ को करचुक्ता तथा आव २०८२।८३ का लागि नवीकरण भएको पत्र कागजात समेत संलग्न राखी निवेदन दिनुपर्ने बताएको छ।

प्रकाशित: ३० कार्तिक २०८२ ११:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App