अर्थ

भक्तपुरमा 'आर्थिक विकासमा व्यवस्थापनको भूमिका' विषयमा राष्ट्रिय सम्मेलन हुने

भक्तपुरमा आर्थिक विकासमा व्यवस्थापनको भूमिका विषयमा दोश्रो राष्ट्रिय सम्मेलन हुने भएको छ। सम्मेलन जेठ २९ र ३० गते दुई दिन हुनेछ।

ख्वप कलेज देकोचा भक्तपुरको आयोजनामा सम्मेलन हुन लागेको हो। कलेजका प्राचार्य रुपक जोशीले सम्मेलनको पहिलो दिन दुई वटा टेक्निकल सेसन हुने जनाए। दोश्रो दिन चार वटा टेक्निकल सेसन हुने उनले जनाए। पहिलो र दोश्रो दुवै दिन कि नोट स्पिकर रहने उनले जनाए।  

कलेजका अनुसार पहिलो दिन प्राडा पुष्कर बज्राचार्य, प्राडा ध्रुवकुमार गौतम र डा.रामकुमार फुयाल र दोश्रो दिन प्राडा आरन स्थापित, डा.जितेन्द्र डंगोल र नरबहादुर विष्ट प्लेनरी सेक्सनमा रहने छ। सम्मेलनमा ४० जना भन्दा बढीले कार्यपत्र प्रस्तुति गर्ने कलेजले जनाएकाे छ।  

कार्यक्रमको उदघाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छेंले गर्ने छन्। 

प्रकाशित: २६ जेष्ठ २०७९ ११:५९ बिहीबार