अर्थ

राष्ट्र बैंकले सुन अायातकाे कोटा दैनिक २० किलाे पुर्यायाे

काठमाडौं– नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई दिँदै आएको सुन अायातकाे कोटा दैनिक २० किलो ग्राम पु¥याएको छ।हरितालिका तीजलगायत नजिकिँदो चाडवाड र उपभोक्ताको मागका आधारमा सुनको कोटा बढाएको केन्द्रीय बैंकका कार्यकारी निर्देशक भिष्मराज ढुङ्गानाले बताए।

सर्कुलर जारी गरी मंगलबारबाट लागू हुने गरी बढाइएको दैनिक २० किलो ग्रामको कोटा असोज मसान्तसम्म लागू हुने उनले जानकारी दिए। बढाइएको कोटाले सुनको अभाव कम गर्ने केन्द्रीय बैंकको अपेक्षा छ ।

बजारमा सुनको माग बढेसँगै आयातको कोटा नबढाइ दिँदा सुनको अभाव देखिएको उद्योगी व्यवसायीहरुले बताउँदै आएका थिए । हाल सुन आयातको अनुमति पाएका 'क' वर्गका बैंक(वाणिज्य बैंक)हरुले आफूले आयात गरेको मध्ये पालो प्रणालीअन्तर्गत दैनिक १५ किलोसम्म सुन अायात गर्न सक्ने व्यवस्था थियो ।

प्रकाशित: २६ श्रावण २०७२ ०४:०४ मंगलबार