ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले लक्ष्यभन्दा झण्डै २१५ प्रतिशत बढी आन्तरिक राजश्व संकलन गरेको छ ।
पालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार चालु आर्थिक वर्षका लागि करिव ३५ लाख रुपैयाँ राजश्व संकलन हुने अनुमान गरिएको थियो । चालु आर्थिक वर्षको असार तेस्रो सातासम्म पालिकाले ७५ लाख ४० हजार ७ सय १ रुपैयाँ ५३ पैसा आन्तरिक राजश्व संकलन गरेको छ । यो लक्ष्यभन्दा करिव २१५ प्रतिशत हो ।
आठराई त्रिबेणीले चालु आवमा चालुतर्फ ८४.२ प्रतिशत र पुँजीगततर्फ ६५.३ प्रतिशत खर्च गरेको जनाएको छ । पालिका अध्यक्ष पोमूले लिम्बूनी पुल, चोकपुर–हाङपाङ जोड्ने सडक दश शैया अस्पताल, सोबुवा खोला पुल निर्माणलगायत विकास निर्माणका ठूला परियोजनामा सम्झौता अनुसार काम सम्पन्न नभएका कारण पर्याप्त भुक्तानी हुन नसकेको पोमूले बताए । जसका कारण पुँजीगत बजेट खर्च लक्ष्य अनुसार हुन नसकेको उनको दाबी छ ।
प्रकाशित: २६ असार २०८२ १६:०५ बिहीबार