अर्थ

जुम्लामा मात्रै यसवर्षको दसैंमा १६ करोडभन्दा बढीको खसी–भेडा बिक्री

जुम्लामा यस वर्षको दसैंमा १६ करोडभन्दा बढीको खसी, भेडा, राँगा खरिदबिक्री भएको छ।

स्थानीय तथा बाहिरी जिल्लाबाट ल्याइएका १६ करोड ३२ लाख ३१ हजार मूल्य बराबरका खसी, भेडा, राँगो तथा भैँसी खरिद बिक्री भएको चन्दननाथ नगरपालिकाको पशुपन्छी विकास शाखाले जनाएको छ।

शाखाका अनुसार तीमध्ये भेडा १५ करोड २३ लाख २३ हजार, खसी ७७ लाख ९२ हजार र  रागोँ÷भैँसी ३१ लाख १६ हजारको खरिदबिक्री कारोबार भएको हो।

शाखा प्रमुख विरबहादुर रावलले यस पटकको दसैंका लागि ७ हजार ९ सय २८ भेडा बिक्री भएको बताए।

उनले ४ सय ८७ खसी, ३ राँगो र ८२ भैँसी पनि खरिद बिक्री भएको बताए।

उनले दसैंमा स्थानीय भेडाको अधिकतम मूल्य २८ हजार, न्यूनतम मूल्य १० हजार र औषत मूल्य १९ हजार तोकिएको बताए। यस्तै ढोरल भेडाको अधिकतम मूल्य ३७ हजार, न्यूनतम मूल्य २० हजार औषत मूल्य २८ हजार ५ सय रहेको बताए।

त्यसैगरी भेडाको न्यूनतम खरिद बिक्री कारोबार १५ करोड २३ लाख २३ हजार रहेको पनि उनले जानकारी दिए।

त्यसैगरी स्थानीय खसीको अधिकतम मूल्य २४ हजार, न्यूनतम मूल्य ८ हजार र औषत मूल्य १६ हजार रहेको थियो भने खसीको खरिद बिक्री कारोबार ७७ लाख ९२ हजार रहेको छ।

यस्तै राँगो÷भैँसीको अधिकतम मूल्य ५० हजार, न्यूनतम मूल्य २६ हजार र औषत मूल्य ३८ हजार रहेको थियो भने राँगो÷भैँसीको खरिद बिक्री कारोबार ३१ लख १६ हजार रहेको थियो।

जुम्लामा बाजुरा, कालीकोट र जाजकारेटबाट खसी, भेडा र राँगो÷भैँसी ल्याइएको थियो।

प्रकाशित: २४ आश्विन २०८१ २१:३० बिहीबार

#Jumla