प्रवास

बडादसैँमा अस्ट्रेलियास्थित नेपाली दूतावास दुई दिन बन्द रहने

बडादसैँको अवसरमा अस्ट्रेलियाको क्यानबेरास्थित नेपाली राजदूतावास दुई दिन बन्द रहने भएको छ।

राजदूतावासले सोमबार सूचना जारी गर्दै सन् २०२६ अक्टोबर २० र २१ (कात्तिक ३ र ४ गते) दूतावासका सेवा बन्द रहने जनाएको हो। दूतावासका अनुसार नियमित सेवा अक्टोबर २२ (कात्तिक ५ गते) बिहीबारदेखि पुनः सञ्चालन हुनेछ।

दूतावासले सेवा बन्द रहने अवधिलाई ध्यानमा राखेर आवश्यक कागजात तथा अन्य कूटनीतिक सेवा सम्बन्धी कामको योजना बनाउन नेपाली समुदायलाई आग्रह गरेको छ।

प्रकाशित: २ कार्तिक २०८३ १४:४५ सोमबार