प्रवास

मिसेस साउथ एशिया क्यानडा प्रतियोगितमा सारा

न्युयोर्क—नेपाली चेली यतिखेर क्यानडाको टोरोन्टोमा हुन गैरहेको मिसेस साउथ एसिया क्यानडा प्रतियोगितामा सहभागी हुने तयारीमा छिन्। आठ वर्ष अघि भक्तपुरबाट क्यानडा आएकी सारा मखुची आगामी जुलाई २३ मा हुने सो प्रतियोगितामा सहभागी हुने प्रथम नेपाली महिला हुन्।रागा मोडल एण्ड रागा प्रोडक्सनले वर्षेनी आयोजना गर्ने यो प्रतियोगितामा दक्षिण एसियाबाट मात्र प्रतिनिधित्व हुनेगर्छ। प्रतियोगितामा सहभागी हुन लागेकी नेपाली चेली साराले लामो समयदेखि क्यानडामा फेसन सो, मोडलिड, डिजाइनिङ लगायत कार्यक्रमहरुमा भाग लिँदै सफल हुँदै आएकी छिन्। उनले क्यानडामा नै हेयर स्टायलको लाइसेन्स लिएर लामो समयदेखि आफ्नै व्यवसाय पनि चलाउँदै आएकी छिन्।

सन् २०११ बाट शुरु भएको यो प्रतियोगिताको छैटौ संस्करणमा आइपुग्दा नेपालीहरुको तर्फबाट सहभागी भएको यो पहिलो पटक हो।

साराले भनिन् ' नेपालीहरुको तर्फबाट पहिलोपल्ट भाग लिन पाउँदा एकदम खुसी छु। म टाइटलहरु जित्ने गरी तयारी गरिरहेकी छु।'

अन्तर्राष्टिय स्तरको कार्यक्रममा भाग लिएर कुनै पनि टाईटल जित्न पाए आफ्नो देशको नाम उचो हुने उनको भनाइ छ। उनले टेलिफोनमा प्रतियोगितामा जित्नका लागि नेपालीहरुको उत्तिकै साथ र हौसला पनि चाहिएको इच्छा व्यक्त गरिन्।

सो प्रतियोगिताको उत्कृष्ठ महत्वपूर्ण अवार्ड पिपुल्स च्वाईस अवार्ड भएकोले त्यसमा जित्नका लागि अनलाईन भोटिडको बढी महत्व हुन्छ। साराले विश्वभरी छरिएर रहेका सबै नेपालीलाई आफ्नो पक्षमा अनलाइन भोटिडको लागि आग्रह गरेकी छिन् । अनलाईन भोटिडका लागि साराको सारा मखुची फर मिसेस साउथ एसिया २०१६ नामको फेसबुक पेजमा गएर लाइक गर्न सकिने छ। दक्षिण एसियाबाट २० जनाले सहभागीता जनाउने सो प्रतियोगिताको तयारी अन्तिम चरणमा भैरहेको छ।

आयोजक संस्था रागा मोडलले बर्षेनी मिस साउथ एसिया, किड कन्टेष्ट क्यानडा, मिसेस साउथ एसिया, मिस्टर साउथ एसिया र मिस ईण्डिया ग्लोवल क्यानडा जस्ता प्रतियोगिताहरु गर्दै आएको छ। विश्वभर छरिएर रहेका नेपालीहरु अनेकौ प्रतिभाशाली रहेका छन्। कुनै न कुनै रुपमा विश्वका कुनाकुनामा रहेर पनि आआफ्नो प्रतिभाहरु प्रष्फुटन गरी रहेकाले विश्वभर रहेका नेपालीहरुले सारा जस्ता प्रतिभालाई साथ दिनु पर्दछ। जसले नेपालको नाम विश्वभर चिनाउन मदत गरोस।

यस प्रतियोगितामा प्राय जसो मोडलिड, फेसन सो र ब्यूटिपार्लर जस्ता व्यवसायिक विषयमा विज्ञ भएकाहरुले भागलिने गर्दछन्।

प्रकाशित: १४ वैशाख २०७३ २३:१७ मंगलबार