प्रवास

कोमल ओली र बद्री पंगेनीले मस्को तताए

मस्को— अधिकांश समय जाडो हुने रूसको राजधानी मस्कोमा नेपाली कलाकार कोमल ओली र लोक गायक बद्री पंगेनीले सांगीतिक प्रस्तुति दिएका छन्। शुभकामना एवं सांस्कृतिक साँझ कार्यक्रममा कोमल बद्रीको बेजोड प्रस्तुतिले उपस्थित दर्शकलाइ तताएको थियो।उनीहरुको उत्कृष्ट प्रस्तुतिमा दर्शकले मन थाम्नै सकेनन्। गीतमा साथ दिन मञ्चमै उक्लिए। र सँगै नाचे।

झन्डै ५ दर्शकको उपस्थितिबीच कलाकारद्वय कोमल तथा बद्री निकै जोशिलो प्रस्तुति पस्किएका थिए। उनीहरुले आफ्नो प्रतिभा प्रस्फुटन गर्न कुनै कसर छोडेनन्।

कोमलले रसियन भाषामा 'याभास लुब्लु' अर्थात आई लब यु रसिया भनेपछि दर्शकले ताली बजाएर स्वागत गरेका थिए।

गैर आवासीय नेपाली संघ रुस तथा अन्य संस्था मिलेर गरेको ग्रान्ड म्युजिकल नाइट नामक कार्यक्रम गरेका हुन्। कार्यक्रम जनमैत्री विश्व बिद्यालय इन्टर क्लब मस्कोमा भएको थियो।

प्रकाशित: ५ वैशाख २०७३ २३:२६ आइतबार