प्रवास

युएइमा चैतेदशैँ धमाका

युएई- चैते दशैँ धमका युएईमा सम्पन्न भएको छ। नयाँ वर्ष तथा चैते दशैँ अवसरमा बाग्लुङ सेवा समाज दुबई क्षेत्रीय समिति युएईले दोश्रो चैते दशैँ धमका युएईमा सम्पन्न गरेको छ।बाग्लुङ जिल्लामा लाग्ने चैते दशैँ मेलाको झल्को मेटाउन युएईमा पनि बाग्लुङ सेवा समाजले चैते दशैँ कार्यक्रम विगत एक वर्षदेखि गर्दै आएको छ। कार्यक्रममा युएईमा कार्यरत नेपाली कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो।

आफ्नो कला संस्कृतिलाई विदेशमा पनि मनाउन पाउनु गर्बको कुरा रहेको प्रमुख अतिथि तथा एनआरएन आईसीसी सदस्य गोपाल कँडेलले बताए। कँडेलले चैते दशैँ तथा नयाँ वर्षको शुभकामना समेत दिएका थिए।

कार्यक्रमा उपस्थित सम्पूर्णलाई धन्यबाद दिदै कार्यक्र का सभापति लाल बहादुर क्षेत्रीले आगामी दिनहरुमा पनि यस्तै कार्यक्रमहरु गर्ने बताए।

कार्यक्रममा युएईमा कार्यरत नेपालीहरु, संघ संस्थाका प्रतिनिधि र व्यवसाहीहरुको उल्लेख्य सहभागिता रहेको थियो।

प्रकाशित: ४ वैशाख २०७३ २०:४६ शनिबार