प्रवास

राजदूत झाको विदाई

युएई - युएईका लागि नेपाली राजदूत धनन्जय झालाई विदाई गरिएको छ। आफ्नो कार्यकाल सकेर नेपाल फर्कन लागेका झालाई नेपाली जनसम्पर्क समिति युएईले एक कार्यक्रमकाबीच विदाई गरेको हो।


झा नेपाली दूतावास युएईमा विगत चार बर्ष देखी आफ्नो कार्यकाल समाल्दै आएका थिए। झाले युएईमा आफ्नो कार्यकालमा सबै नेपालीहरुलाई दु:ख सुखमा साथ दिएको बताए।

झाले युएईमा घरेलु कामदारकोरुपमा चोरबाटो हुँदै आउने नेपाली महिलाहरु समस्या बन्दै गएको उनले बताए। नेपाली जनसम्पर्क समितिका सभापति चित्र केसीले झा को नेपाल बसाइ सुखमय रहोस भनि शुभकामना दिए। झा अप्रिल १५ मा नेपाल फर्कदैं छन्।

प्रकाशित: २७ चैत्र २०७२ ०४:२७ शनिबार