प्रवास

अमेरिकामा नेपलिज् अमेरिकन कन्भेन्सन हुँदै

न्यूयोर्क-आगामी २ देखि ४ जुलाईमा अमेरिकामा बसोवास गर्ने नेपाली समुदायको बृहत कार्यक्रम जमघट कार्यक्रम लसएन्जलसमा हुने भएको छ । यूनाईटेड नेपाली एसोसियसनको आयोजनामा लसएन्जलसमा हुने तीनदिने बृहत नेपलिज् अमेरिकन कन्भेन्सनमा १० हजार नेपालीको उपस्थिति हुने कार्यक्रम आयोजनाका मुख्य सहयोगी तथा गैरआवासिय नेपाली संघका अमेरिकाका क्षेत्रिय सहसंयोजक एसी शेर्पाले बताए।

सहसंयोजक शेर्पाका अनुसार त्यस कार्यक्रमबाट अमेरिकामा रहेका नेपालीहरुले आफ्ना कला, भाषा, सस्कृतिको बारेमा जानकारी पाउनुका साथै व्यावसायिक एस्पो, पर्यटन प्रर्वद्धन हुने,  विविध खेलकुदका कार्यक्रम र नेपाली बालबालिकालाई आफ्नो कला संस्कृतिको बारेमा जानकारी गराउनुको साथै नेपालीहरुबीचको एकतामा सहयोग पुग्ने बताए ।

कार्यक्रमको तयारीका लागि नेपाली समुदाय एकाकार भएर तीव्र तयारीमा जुटेका छन । कार्यक्रम आयोजनाका लागि मुख्य रुपमा गैरआवासिय नेपाली संघ अमेरिका क्षेत्रका संयोजक सोनाम लामा, सहसंयोजक एसी शेर्पा, एनआरएन पर्यटन प्रर्वद्धन समितिका सहसंयोजक पासाड लामा, गौरी जोशी र समिर महर्जन रहेको पाँच जनाको टोली सक्रिय रहेको छ ।

अमेरिकामा पहिलोपल्ट यति ठुलो कार्यक्रम हुन लागेको बताउँदै शेर्पाले भने 'यसको तयारी तयारी तिव्र गतिमा भैरहेको छ।' तीन दिनसम्म चल्ने सो कार्यक्रम क्यालिफोनियाको लंगबीचमा हुनेछ । विभिन्न विधामा खेलहरु, साँस्कृतिक कार्यक्रमहरु, फेसन सो, बच्चाहरुका लागि प्रतियोगितात्मक कार्यक्रम, व्यापारिक एस्पो, डिजे नाईटलगायत हुनेछ । विभिन्न खेलमा सहभागी हुनका लागि नाम दर्ता अप्रिल १ तारिकदेखि फर्म खुल्ला गरिएको छ । खेलहरुमा भलिबल, क्रिकेट, सकर, बास्केटबल, टेनिस, गल्फ आदि रहेका छन । जसमा जित्ने खेलाडीहरुले १५ सयदेखि ५ हजार डलरसम्मको आकर्षक पुरस्कारहरु राखिएको सहसंयोजक शेर्पाले बताए छन ।  

नेपालीहरुको बृहत उपस्थिति हुने अनुमान गरिएको उक्त सम्मेलनलाई कसरी भव्यताका साथ सफल बनाउन सकिन्छ भन्ने परामर्स तथा धारणा विभिन्न संघ संस्था र व्यक्तिहरुबाट सुझाव संकलन जारी रहेको कार्यक्रमका संयोजक विश्व सुवेदीले बताएका छन ।

बिशेष गरि खेलकुद कार्यक्रम अन्र्तगत न्यूयोर्क, डिसी, टेक्सास, सियाटल, सन् फ्रान्सिस्कोको टिमले भाग लिन निश्चित भैसकेको छ भने बाँकी समुह आउने क्रम जारी रहेको नेप्लिज अमेरिकन कन्भेन्सन अमेरिका सम्मेलनका मुख्य कार्यक्रम संयोजक सुवेदीले बताए ।

बर्षको एक पटक गरिने यस्ताखाले रचनात्मक खेलकुद, साँस्कृतिक क्रियाकलापले नेपाली समुदायमा एक आपसमा घुलमिल, सहकार्यको भावना, सामाजिक सम्बन्ध कÞायम हुने भएकोले कार्यक्रम गर्न लागिएको बताईएको छ । प्रवासमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई यो कार्यक्रमको उद्धेश्य पुरा गर्न र प्रभावकारिताको लागि हातेमालो गर्न आग्रह गरिएको छ ।

यसैगरी आगामी मे २२ को दिन पारेर न्यूयोर्कको म्यानहटनमा हुन लागेको नेपाल डे परेड कार्यक्रमका लागि पनि तयारी तिव्र पारिएको छ । अमेरिकामा रहेका तीन ठुला संस्था नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मन्च र फिप्नाको अगुवाई र न्यूयार्कमा रहेको नेपाली कन्सुलेटको सहयोगमा हुन लागेको परेड म्यानहटनको ब्रोडवेमा गरिन लागेको जनाइएको हो ।

आयोजक संस्था जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टका अनुसार न्यूयोर्कमा संसारका पर्यटक आउने र न्यूयोर्कमा नेपालको पर्यटनसम्बन्धी प्रचार र झांकीले पर्यटकलाई नेपालप्रति थप जानकारी हुने उद्धेश्य रहेको बताए । यस कार्यक्रमबाट नेपालमा बैशाख १२ को शक्तिशाली भूकम्पपश्चात नेपाल भ्रमणमा भएको भ्रम हटाउन सहयोग पुग्ने समेत बिष्टको भनाई छ । आयोजक संस्था प्रवासी मन्चका अध्यक्ष थापाले पनि यो ऐतिहासीक अवसरमा अमेरिकामा रहेका सबै नेपालीले एक भएर बिषेश परेड गर्नु आफुहरुको उद्धेश्य रहेको  बताएका छन् ।

फिप्पनाका अध्यक्ष लुईसागं वाईवाले कार्यक्रको अग्रसरता आफुहरुले लिए पनि अमेरिकामा रहेका सबै संस्थाहरुसंग सहकार्य गरे कार्यक्रमलाई भब्य पार्ने योजनामा आफुहरु रहेको बताएका छन् । न्यूयोर्कमा पहिलो पटक नेपाल चिनाउने परेड हुन लागेकोमा अमेरिकामा रहेका अधिकांश नेपाली हौसिएका छन् । यस कार्यक्रममा नेपालको सास्कृतिक विविधता झल्कने झाँकीहरु, पर्यटन प्रर्वद्धनका सामाग्रीहरुको प्रर्दशनी, साथै नेपालको व्यापार प्रवर्दनका लागि सहयोगी सामाग्रीहरुको प्रदर्शन गरिने आयोजकहरुले बताएका छन । न्यूयोर्कस्थित महावाणिज्य दुतावासका तर्फबाट वाणिज्यदुत कृष्ण कुमार सुवेदीले एक विज्ञप्ति जारी गर्दै सो कार्यक्रमलाई भव्य बनाउन नेपाली समुदायलाई अनुरोध गरेका छन ।

प्रकाशित: १८ चैत्र २०७२ १९:४२ बिहीबार