प्रवास

पर्वत सेवा समाज युएइको वार्षिकोत्सव सम्पन्न

युएई - पर्वत सेवा समाज युएईको तेश्रो वार्षिकोत्सव सम्पन्न भएको छ। सम्पूर्ण पर्बतबासी एक हौ भन्ने मुल नाराका साथ युएईको वरदुबईमा एक कार्यक्रम गरी समाजले तेश्रो बार्षिकोत्सव मनाएको हो।समाजका हरेक क्षेत्रमा अग्रसर भई काम गर्दै आइरहेको पर्वत सेवा समाज तेश्रो वसन्त पार गरी चौथो वसन्तमा प्रवेश गरेको छ।

छोटो समयमा नै विभिन्न क्षेत्रमा सहयोग गरी नमुना समाज बन्न सफल समाजले आगामी दिनहरुमा अझ सहयोगका कामहरु गरी अघि बढ्ने प्रमुख अतिथि तथा संस्थाका संरक्षक खिमानन्द भुर्तेलले बताए। सोही अवसरमा विभिन्न संघ-संस्थाका अध्यक्ष तथा समाजसेवीले कुनै पनि व्यक्तिले संस्थामा बसेर गलत कार्य गरेको छ भने उसलाई संस्थाले कारबाही गर्नुपर्ने बताएका थिए।

संस्थाका प्रथम उपाध्यक्ष पर्शुराम पौडेलले समाजको वार्षिक प्रतिवेदन पेश गरेका थिए। नेपालमा गत वैशाखमा गएको भूकम्पमा परी भूकम्पबाट प्रभावित गोरखा, धादिङ, सिन्धुपाल्चोक,

पर्वत लगायतका विभिन्न जिल्लाहरुका करिब ५०० घरपरिवारलाई जिन्सी समान तथा नगद गरी करिब २० लाख रुपैयाँ सहयोग गरेको बार्षिक प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष भिमलाल काफ्लेले आर्थिक विवरण पेश गरेका थिए।

युएईमा आफ्नो छुट्टै परिचय बनाउदै आएका कलाकारहरु हरि डुम्रे, बिक्रम पौडेल, अर्जुन न्यौपाने, सरिता न्यौपानेले विभिन्न गीतहरुबाट उपस्थितलाई मनोरन्जन दिएका थिए। कार्यक्रममा समाजसेवी मोहन शर्मा तथा जेष्ठ नागरिक राम पौडेल लगायत भूकम्प पीडितलाई सहयोग गर्ने सहयोगी दाताहरुलाई सम्मान गरिएको थियो।

संस्थाका अध्यक्ष राजेन्द्र अधिकारीले धन्यबाद ज्ञापन गरेका थिए।

प्रकाशित: १५ चैत्र २०७२ ०२:२४ सोमबार