प्रवास

लेवर पार्टीकी नेतृ मल्होत्राले नेपाल भ्रमण गर्ने

लन्डन-बेलायतको प्रमुख प्रतिपक्ष दल लेवर पार्टीकी प्रभावशाली नेतृ सीमा मल्होत्रा नेपालको दुई दिने भ्रमण गर्ने भएकी छिन्। मल्होत्रा बेलायत सरकारको आर्थिक विभाग प्रमुख, प्रतिपक्षी (छाँया) सचिव एवम् श्रम तथा सहकारी मामिला हेर्ने फेल्थम र हेस्टनका सांसद हुन्।

लन्डन हन्स्लो बरोका काउन्सिलर बिष्णु गुरुङका अनुसार मल्होत्राले मार्च ३० र ३१ तारिख नेपाल भ्रमण गर्न लागेकी हुन्।

नेपाली कांग्रेसका सांसद उदयशम्मेशर राणाको बिशेष निमन्त्रणमा काठमाडौं जान लागेकी मलोहत्राले नेपालका सांसद, नेपाल चेम्बर अफ कर्मशका प्रनितनिधसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भ्रमण टोलीमा उनका श्रीमान् सुनिलकुमार सलुजासमेत सामेल हुने भएका छन् । ब्यवसायी सलुजाले नेपालस्थित वित्तीय लगानीकर्तासँग छुट्टै छलफल गर्ने छन् ।

हिन्दू धर्मवालम्वी मलोहत्राले नेपाल बसाईको क्रममा पशुपतिनाथ, बौद्धनाथलगायत काठमाडौंस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने छन् । नेपालीको बाक्लो बस्ती रहेको फेलथाम र हेस्टन क्षेत्रका निर्वाचित सांसद मल्होत्रा नेपाली समुदायमा लोकप्रिय छिन् । गुरुङका अनुसार मलोहत्राको राजनीतिक भेटघाट अहिले नै तय नभए पनि काठमाडौंस्थित बेलायती दूतावासमार्फत् सरकारी मन्त्री तथा उच्च अधिकारीसँग दुई मुलुकबीचको सम्बन्धका बारेमा छलफल गर्ने तयारी रहेको बुझिएको छ ।

प्रकाशित: ७ चैत्र २०७२ ०७:३८ आइतबार