प्रवास

जापानमा 'फूलैफूलको मौसम तिमीलाई'

जापान- धादिङ जिल्लामा झोलुङगे पुल बनाउने लक्ष्य सहित जापानको टोकियोमा नेपाली चलचित्र 'फूलै फूलको मौसम तिमीलाई'प्रर्दशन हुने भएको छ। 'म नेपाली ग्रुप' को आयोजनामा टोकियोको मेगुरो कुमिन सेन्टरमा मार्च २७ तारिख साँझ ६ बजे उक्त चलचित्र प्रर्दशन हुन लागेको हो।


अमिर अलीको प्रस्तुती रहेको रोमान्टिक लभ स्टोरी एवं सस्पेन्स कथावस्तु समेटिएको 'फुलै फुलको मौसम तिमीलाई' मा दिनेश डिसीको कथा तथा निर्देशन र संगीत सुरेश अधिकारीको रहेको छ।

चलचित्रमा नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी एवं विजय लामा, गीता अधिकारी लगायतको अभिनय रहेको छ।

'चलचित्र प्रर्दशनबाट उठेको नाफा रकम तुइनबाट झुन्डिएर विद्यालय जाने विद्यार्थीको लागि झोलुङ्गे पुल निमार्णको लागि समर्पित हुने छ 'आयोजक संस्था 'म नेपाली ग्रुपकी 'संयोजक स्मृती आचार्यले भनिन्।

टिकटको मुल्य २००० जापानी येन तोकिएको आचार्यले बताइन्।

प्रकाशित: ५ चैत्र २०७२ ०८:२६ शुक्रबार