प्रवास

पत्रकार महासंघ युएईमा कोइराला

युएई -नेपाल पत्रकार महासंघ यूएई शाखाको रिक्त अध्यक्ष पदमा शाखाका उपाध्यक्ष त्रिलोचन कोइरला मनोनित भएका छन्। शाखाको चौथो अधिवेशनबाट निर्वाचित अध्यक्ष अर्जुन दाहालले राजिनामा पत्र बुझाई यूएई छोडेपछि शाखाले एक कार्यक्रम गरी रिक्त पदमा बाँकी कार्यकालको लागि उपाध्यक्ष कोईलालाई सर्वसम्वत मनोनीत गरेको हो।

निवर्तमान अध्यक्षको राजिनामा स्विकार गर्दै शाखाले दाहाललाई धन्यबाद ज्ञापन पत्र समेत दिएको थियो।

नेपाल पत्रकार महसंघका केन्दीय प्रतिनिधि भुपराज बस्यालको उपस्तिथिमा शाखाले कार्यसमिति सदस्यमा पदमा पत्रकार निमकान्त पाण्डे र रमेश खड्कालाई समेत नियुक्ति गरेको छ। शाखामा सल्लाकार निमेष गिरी केन्दीय प्रतिनिधि एकेन्द्र थापा र भुपराज बस्याल सहित १७ जना सदस्य रहेको सचिब लक्ष्मण खनालले बताए।

प्रकाशित: २६ फाल्गुन २०७२ ०१:२५ बुधबार