प्रवास

युएईमा स्वस्थानी पूजा सम्पन्न

दुवई— युएईलाई कर्मथलो बनाउँदै आएका नेपाली महिलाहरूले स्वस्थानीको एक महिनासम्म उपवास बसी विधिवत रूपमा शाङ्गे गरेका छन्। हिन्दू धर्म संस्कृतिको चलनलाई निरन्तरता दिँदै मुस्लिम बाहुल परदेशी भूमिमा उनीहरुले पहिले पटक स्वास्थानी ब्रत सम्पन्न गरेका हुन्।

पुस शुक्ल पूर्णिमाको दिन सुरू भएको माघ शुक्ल पूर्णिमा अर्थात् फागुन १४ गते शुक्रबार समापन गरिएको हो। स्वास्थानी ब्रत कथा समापन कार्यक्रममा पण्डित माधवप्रसाद गैरेले प्रवचन तथा भजन कृतनको नेतृत्व गरेका थिए।

लुम्बिनी वेलफेयर सोसाईटी महिला विभाग युएईको आयोजनामा संस्थाकी अध्यक्ष दिपा पाण्डे र उपाध्यक्ष कमला भण्डारीले ब्रतको संयोजन गरेका थिए।

प्रवासमा कामको जिम्मेवारीसँगै एक महिनासम्म नियमित पूजा अारधना गरी स्वस्थानीको कथा श्रवण गरिएको संयोजक एवं ब्रतालु कमला भण्डारीले बताइन्।

युएइमा बसेर आफ्नो संस्कृति परम्परालाई निरन्तरता दिएकोमा ब्रतालुहरु धन्यवादकाे पात्र रहेको पत्रकार महासंघका सदस्य गीतामणि पाण्डेले बताए। युएइमा नेपाली संघसंस्थाहरुले अहिलेसम्म विभिन्न सांस्कृतिक र सामाजिक कार्यक्रम गर्दै अाए पनि स्वस्थानी ब्रतको कार्यक्रम भएको पहिलो पटक हो।

प्रकाशित: १५ फाल्गुन २०७२ २३:३६ शनिबार