प्रवास

कांग्रेस नेतृत्व चयनः जापानबाट ७ प्रतिनिधि छनौट

टोकियो— नेपाली कांग्रेसको भातृ संगठन जनसम्पर्क समिति जापानबाट सात जना महाधिवेशन प्रतिनिधि चयन भएका छन्। सोमवार सम्पन्न निर्वाचन प्रक्रियाबाट ६ जना तथा एकजना सभापति सहित ७ प्रतिनिधि छनौट भएका हुन्।विजयी हुनेहरुमा चिरन्जीवी थापा, महेशकुमार श्रेष्ठ, लालबहादुर केसी (रोसन), राजेन्द्र जमर कट्टेल, पासाङ्ग शेर्पा तथा सुभाषप्रसाद लोहनी छन्। नारायण सुवेदी सभापतिको हैसियतमा विनाप्रतिस्पर्धा चयन हुने अवसर पाए।

कुल १८ जनाले प्रतिस्पर्धा गरेको निर्वाचनमा चिरन्जिवी थापाले सर्वाधिक मत ल्याएर विजयी भए। जापानबाट नेपाली कांग्रेसको आसन्न १३ औ महाधिवेशन लागि प्रतिनिधि छनौटमा तीव्र प्रतिस्पर्धा भएको थियो।

सर्वाधिक मत ल्याउने चिरञ्जीवी थापा र महेश कुमार श्रेष्ठ महासमिति सदस्यमा चयन भएका छन्। सभापति नारायण सुवेदी पदेन महासमिति सदस्यमा छनौट भए।

निर्वाचन समिति संयोजक पुस्कर थापाका अनुसार प्रतिस्पर्धामा चिरन्जिवी थापा, कपिलदेब थापा, दिपक सुबेदी, दण्डपानी कँडेल(डिपी), लालबहादुर केसी(रोसन), भुपिगोबिन्द श्रेष्ठ, बलराम श्रेष्ठ र महेश श्रेष्ठ रहेका थिए। यस्तै आत्माराम गैरे, राजेन्द्रजम्मर कट्टेल, पासाङ्ग शेर्पा, सुभाषप्रसाद लोहनी, रामशरण रेग्मी, आनन्द क्षेत्री, शेरबहादुर केसी, प्रेमप्रसाद कडेंल, रामकृष्णबम मल्ल, धर्मराज अधिकारी प्रतिस्पर्धामा थिए।

प्रकाशित: ११ फाल्गुन २०७२ ०३:२७ मंगलबार