प्रवास

अमेरिकाबाट ७ महाधिवेशन प्रतिनिधि छनोट

क्यालिफोर्निया - नेपाली जनसम्पर्क समिति अमेरिकाले नेपाली काँग्रेसको १३औँ महाधिवेशनमा भाग लिने सात जना प्रतिनिधि छनोट गरेको छ।विधानतः काँग्रेसको भातृ सङ्गठन जनसम्पर्क समिति अमेरिकाले सदस्य सङ्ख्याको आधारमा सात जना महाधिवेशनप्रतिनिधि चयन गर्न पाउने प्रावधान छ।

महाधिवेशन प्रतिनिधिमा आनन्द विष्ट, वेद खरेल, विष्णु सुवेदी, प्रमोद सिटौला, विद्यासागर योञ्जन, हेमराज भट्ट र महिलाबाट माया कडायत छनोट भएका छन्। रासस

प्रकाशित: १० फाल्गुन २०७२ ०२:१८ सोमबार