प्रवास

गाैतमकाे एल्बममा राष्ट्रिय र आइटम गीत सँगै

नेदरल्याण्ड्स- नेदरल्याण्ड्सबाट नेपाली गीति एल्वम संकल्प सार्वजानिक भएको छ। हाल नेदरल्याण्ड्स बस्दै आएका शालिक गौतमको शब्दहरुलाई संगीतकार आलोक शर्माले संगीत दिएका हुन्।

एल्वममा एउटा वियोगान्त प्रेम गीत, २ संयोगान्त प्रेमगीतहरु र एक-एक राष्ट्रिय तथा आइटम गीत संलग्न रहेको गौतमले बताए। सबैखाले गीत पारखीहरुका लागि एकै एल्बमा भिन्न गीत समेटिएको उनले बताए।

गीतहरुलाई नेपाल ख्याती प्राप्त गायका गायिका क्रमश प्रमोद खरेल, बानिका प्रधान, भानुभक्त ढकाल, आलोक शर्माको स्वर रहेको छ। संकल्प गीति एल्वम विषेश गरेर डायस्पोरामा विक्री वितरण गरिने लक्ष्य लिइएको उनले सुनाए। यो गीति एल्बम बिक्रीबाट प्राप्त रकम नेपालको कुनै विद्यालयको स्तरउन्नतीमा खर्च गरिने रचनाकार शालिका गौतमले बताएका छन्।

संकल्पमा समावेस रहेको प्रमोद खरेलको स्वर रहेको दुई दिने माया लायौको म्युजिक भिडियो नेदरल्याण्ड्समा छायाँकन गरिएको छ। यो गीतको भिडियो निर्देशन अर्पण पोखरेल र अभिनयमा सुनिता बुढाथोकी, अनिष गिरी र रिक्सम पुनको छ।

भिडियो

प्रकाशित: १४ माघ २०७२ ०४:३० बिहीबार