प्रवास

अहिलेसम्म तय भएन अध्यक्ष दाहालको जापान सरकारका पदाधिकारीसँगको भेटघाट

फाइल तस्बिर।

शुक्रबार साँझ जापान जान लागेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको जापान सरकारका पदाधिकारीहरुसँगको भेटघाट अहिलेसम्म टुङगो लागेको छैन।

जापानको राजधानी टोकियोस्थित नेपाली दूतावासले अध्यक्ष दाहालको जापान सरकारका प्रतिनिधीहरुसँगको भेटघाटको मिति र समय अहिलेसम्म टुङगो नलागेको जानकारी दिएको छ। 'आज साँझसम्ममा थाहा हुन्छ होला', दूतावास स्रोतले भन्यो।

त्यसो त उनले शनिबार जापानको फुकुओका सहरमा नेपाली फेस्टीबल उद्घाटन गर्ने कार्यक्रम छ। यो सहर टोकियोबाट १ हजार किलोमिटर दूरीमा पर्छ।

यसैगरी आइतबार दाहालले नेपाली समुदायसँग अन्र्तक्रिया गर्ने कार्यक्रम छ। यो बाहेकका जानकारी आज साँझ हुने भनिएको पत्रकार सम्मेलनमा दिइने दूतावासले जनाएको छ।

प्रकाशित: २० श्रावण २०७९ ०६:३३ शुक्रबार

अध्यक्ष पुष्पकमल दाहाल नेकपा माओवादी केन्द्र