प्रवास

भण्डारीको मृत्यु

टोकियो (जापान)-रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट हटियाँ–३ लौनपानीका ३९ वर्षीय रविलाल भण्डारीको मृत्यु भएको छ।तीन महिनाअघि रोजगारीका लागि कुक भिसामा जापान आएका भण्डारीको राजधानी टोकियोको इतावासी सहरमा शुक्रबार मृत्यु भएको हो । बेलुकाको खाना खाई सुतेका भण्डारीको ओच्छ्यानमै मृत्यु भएको गल्कोट समाज जापानका अध्यक्ष हर्क थापाले जानकारी दिए।

चार वर्र्षदेखि होटल टोकियोमा व्यवसाय गर्दै आएका बागलुङका व्यवसायी घम्मर साहनीले भण्डारीले यहाँ आएदेखि नमस्ते रेस्टुरेन्टमा काम गर्दै आएको बताए । रासस

प्रकाशित: २५ पुस २०७२ ०४:१० शनिबार