काठमाडाैं-मलेसियामा मृत्यु भएका पाल्पा हुँगीका २५ बर्षीय पुरन मगरको परिवारलाई २८ हजार सहयोग प्राप्त भएको छ। मलेसियामा कार्यरत युवाहरूको पहलमा उक्त रकम संकलन गरेर परिवारलाई बुझाइएको हो।
मलेसियामा रोजगारी गर्दै अाएका पुरनको कोठामा सुतेको अवस्थामा मंसिर २ गते मृत्यु भएको थियो।मलेसियाको बालाकोङस्थित आइस कम्पनीमा कार्यरत राना ७ बर्षदेखि मलेसियामा कामगर्दै अाएका थिए। पाल्पा छेर्लुङका श्रीधर पाण्डेका अनुसार सहयोग रकम मृतक पुरनका दाजु समरलाई हस्तान्तरण गरिएको हो। मलेसियामा कार्यरत श्रीधर पाण्डे, हिमलाल मस्राङ्गी लगायतका युवाहरूले रकम संकलन गरेका थिए।
प्रकाशित: २९ मंसिर २०७२ ०५:२५ मंगलबार