सन्तोष न्यौपाने, बेल्जियम, माघ २- जनसम्पर्क समिति बेलजिएमले नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरण थालेको छ। तेस्रो मुलुकमा सस्यता वितरण गर्ने बेल्जियम पहिलो हो।
कांग्रेस महासमितिको बैठकले वेदेशमा स्थापित जनसम्पर्क समितिहरुलाई पनि पार्टीको आगामी महाधिवेशनमा भाग लिन पाउने र महासमिति सदस्य समेत दिने गरि विधानमा व्यवस्था गरे पछि नेपाली जनसम्पर्क समिति बेल्जियमले कृयाशील सदस्यता वितवरण गर्न लागेको हो।
समितिका अनुसार गत जनवरी ४ तारिखमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो। यस प्रयोजनको लागि समितिले यहाँका विभिन्न शहरहरुमा भेला गरी सदस्यता फारम भराइने जनाइएको छ।
पहिलो सुरुवात अनुरुप यही जनवरि १७ तारिकबाट अन्तरपेन सहरबाट वितवरण गर्न लागेको समितिका अध्यक्ष गंगाधर गौतमले बताए। त्यसको लागि २५ युरो लाग्नेछ । दोश्रो महाधिवेशनमा समितिको साधारण सदस्यता लिनेको संख्या ५ सय नाघेको थियो। यसैलाई आधार मानेर कांग्रेस केन्द्रीय कार्यालयले यो समितिलाई हालको लागि ५०० प्रति कृयाशील सदस्यता फारम पठाएको छ।
'आवश्यक परेको खण्डमा केन्द्रले थप फारम पठाउने छ', उनले भने ‘भारत बाहेकका देशमा कृयाशील सदस्यता बाँड्ने बेल्जियम पहिलो देश बनेको छ। अहिलेसम्म भारतको जनसम्पर्क समितिले मात्र सो अधिकार पाई आएकोमा अवदेखि तोकिएका शर्तहरु पूरा गर्ने र न्यूनतम ५०० कृयाशील सदस्य हुने सबै जनसम्पर्क समितिहरुले सो सुविधा पाउने छन्।
प्रकाशित: २ माघ २०६६ ०१:४३ शनिबार